खिजीदेम्बाकी ल्हमुलाई मिस शेर्पा ट्यालेन्ट बन्न सफल

ओखलढुंगा, पुस १५ । ओखलढुगांकी ल्हमु शेर्पा मिस शेर्पा २०१७ को फस्ट रनर अप बन्न सफल भएका छन् । डिपास इन्टरनेसनलले आयोजना गरेको मिस शेर्पा २०१७ मा खिजीदेम्बाकी ल्हमु पहिलो पटक नै प्रतिस्पर्धी भएर फस्ट रनर बन्न सफल भएकी हुन् ।

ल्हमुले मिस शेर्पाको ट्यालेन्ट सोको उपाधि पनि हात पारेको छ । डिपास इन्टरनेसनलले आयोजना गरेको मिस शेर्पा २०१७ मा १२ जना शेर्पेनीहरुले प्रतिस्पर्धा गरेका थिए ।

शुक्रबार साँझ राजधानीमा एक कार्यक्रमका बिच मिस शेर्पा ग्रान्ड फिनाले सम्पन्न हो । कार्यक्रम सम्पन्न हुनुभन्दा केही दिन अघि ल्हमुले बोलेको गुन्द्रक, ढिँढो खाएर नेपालमै बस्छु भन्ने भिडियो धेरैले शेयर गरेका थिए । मिस शेपार्को उपाधि आफुले नजितेपनि उपबिजिेता भएर ल्हमुले २१ हजार १ सय ५० पुरस्कार प्राप्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *