सल्यानमा जीप दुर्घटना २ को मृत्यु, १७ घाईते

सल्यान, कात्तिक १५ । ६ नम्बर प्रदेशको सल्यानको पर्यटकिय स्थल कुपिण्डेदह भ्रमण गरेर फर्किँदै गरेको सुपर फास्ट यातायातको टाटा सुमो जीप दुर्घटना हुँदा सुर्खेतका २ जनाको मृत्यु भएको छ । भे१ज ९२७ नम्बरको जीप सल्यानको वनगाड वनगाड कुपिन्डे नगरपालिका वडा नम्बर ८ को रिठाघारी भन्ने स्थानमा दुर्घटना हुँदा अन्य १७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मृत्यु हुनेमा जीप चालक सुर्खेतको भेरीगंगा नगरपालिका ८ लोदेका देवराज कामी र वीरेन्द्रनगर ८ की धनमाया नेपाली रहेको प्रहरी निरिक्षक नरबहादुर सलामीले जानकारी दिनुभयो । गाडी सडकबाट करिब २० मिटर तल खसेको र घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान जारी रहेको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा घाईते भएकाहरुलाई उद्दार गरी मेहेलकुना अस्पताल पु¥याईएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *