दसैँ तिहारको अवसरमा कोका कोलामा नयाँ योजना

भदौ २०, काठमाडौँ । दसैँ तिहारको खुसीयाली साथमा मनाउन ”मन खोलौं कोकसँग” भन्ने अभियान कोका कोला नेपालले ल्याएको छ । यो अभियान आजदेखि सुरु भर्इ असोज ३० गतेसम्म सञ्चालन हुनेछ । आज कोका-कोलाले दैनिक जीवनमा विभिन्न ८ फरक सम्बन्ध दर्शाउने लोगोहरुका साथमा नयाँ प्याक ल्याएको हो, जसमा विभिन्न फरक सम्बन्धहरु दर्शाउने संदेशहरु लेखिएका छन् ।

कोका-कोला नेपालका देशीय निर्देशक अम्बुज सिंहले भनेे, ”दसैँ आशीर्वाद दिने र सँगसँगै मनाउने उत्सव हो, कोकाकोलाले उपभोक्ताका साथीहरू र परिवारहरुलाई जोड्न सहयोग गर्दछ । हामी यो वर्ष, तपाईँको परिवारमा भएका निकै आत्मीय सम्बन्धहरुलाई परिवारसहित ८ यूनिक लेबलका साथमा खुसीयाली बाँड्दै छौँ । यसले हामी प्रत्येकको जीवनलाई प्रभावित गर्ने विशेष सम्बन्धहरुलाई सम्मान गर्न सहयोग गर्दछ । हामी आशा गर्दछौँ, हाम्रा उपभोक्ताहरुले आफ्ना मनपर्ने व्यक्तिहरूलाई विशेष संदेश भएको कोका-कोला उपहारको रूपमा प्रदान गर्नेछन् ।”

अभियानको नामले भने जस्तै, यो उत्सवमय मौसममा कोका-कोलाले सबै परिवारका सदस्यहरूलाई कोका-कोलाका साथमा आफ्ना भावनाहरू एकआपसमा दर्साउन र नजिकपना ल्याउन उत्साहित गर्दछ । यी लेबलहरु नेपालीमा लेखिएका छन्, जसले यो उत्सवमय मौसममा हाम्रा सम्बन्धहरु र परिवारहरुलाई नजिक ल्याउँदै सम्मान गर्दछ । यी प्याकहरुले उपभोक्ताहरुलाई आफ्ना मनपर्नेहरुलाई उपहार दिने अवसर सिर्जना गरेको छ जसमा सिर्जनात्मक संदेशहरु राखिएको छ र विशेष भावनालाई कोकका साथमा बाँड्न सकिन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *