युरोपियन सुपर कप फुटबलको उपाधि स्पेनिस क्लब रियाल मड्रिडलाई

२०७४ जेठ १५ गते

काठमाडौं, साउन २५ । युरोपियन सुपर कप फुटबलको उपाधि स्पेनिस क्लब रियाल मड्रिडले जितेको छ । मेसेडोनियाको राजधानी स्कोप्य शहरमा मंगलबार राति भएको खेलमा इङ्लिस क्लब म्यान्चेस्टर युनाईटेडलाई पाखा लगाउँदै रियाल मड्रिडले उपाधि जितेको हो ।
जिनेदिन जिदानको प्रशिक्षणमा रहेको युएफा च्याम्पियन्स लिग विजेता रियाल मड्रिडले जोजे मौरिन्होको प्रशिक्षणमा रहेको युरोपा लिग विजेता म्यान्चेस्टर युनाईटेडलाई २-१ ले हराएको हो ।
खेलमा रियाल मड्रिडलाई विजयी गराउन क्यासेमिरो र ईस्कोले एक–एक गोल गरे । पराजित टोली म्यान्चेस्टर युनाईटेडका रोमेलु लुकाकुले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
जितसँगै रियाल मिड्रड सन् १९९० पछि युएफा सुपर कप फुटबलको साविक उपाधि रक्षा गर्ने पहिलो टिम बनेको छ ।
उता म्यान्चेस्टर युनाईटेडले भने यो सिजनमा खरिद गरेको तीन जना नयाँ खेलाडीहरुलाई सुरुवाती एघारमा मैदानमा उतारे पनि सोचे अनुसारको नतिजा हात पार्न सकेन ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित