समयमा काम नगर्ने ठेकेदारबाट ७५ लाख जरिवाना

पुस ३, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखन्डमा तोकिएको समयमा काम पूरा नगर्ने ठेकेदार कम्पनीबाट ७५ लाख जरिवाना असुल गरिएको छ । सडक निर्माणमा ढिलासुस्ती गरेका कारण सो सडकको पहिलो र तेस्रो खन्डको जिम्मेवारी पाएका दुई निर्माण कम्पनीबाट जरिवाना असुल गरिएको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार पहिलो खन्ड आँपटारीदेखि झन्डै १३ किमि सडकखन्ड निर्माणको जिम्मा लिएको बीएलए श्रेष्ठ जेभी निर्माण कम्पनी र तेस्रो खन्ड सिमलतालदेखि मुग्लिनसम्मको जिम्मा लिएको सुप्रिम रौताहा जेभी निर्माण कम्पनीबाट जरिवाना असुल गरिएको हो ।

३३ किलोमिटर सडक फराकिलो बनाउन कामका लागि आँपटारीदेखि दासढुङासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीले ठेक्का पाएका थिए।

तीनवटा निर्माण कम्पनीलार्इ ठेक्का दिइएपनि निर्माणको काम सुस्त हुँदा तोकिएको समयभन्दा बढी समय लाग्ने भएकोछ । यो सडक परियोजनाका प्रमुख चन्द्रनारायण यादबका अनुसार २०७५ सालको वैशाखमा मात्रै सडक निर्माण सकिनेछ।
राजधानी जोड्ने ‘लाइफलाइन’कै रुपमा रहेको सडकखण्ड पुर्निर्माणको काम थालेको दुर्इ वर्ष पूरा भइसकेको छ। तीन अर्ब रुपैयाँको लागतमा पुर्निर्माण थालिएको यो सडक गत वैशाखमा सक्नेगरी ठेक्का दिइएको थियो।

यो सडकखण्डबाट दैनिक करिब १० हजार बराबरको संख्यामा सवारी साधन चल्छन्।अहिले एकतर्फी सवारी साधन संचालन गरेर काम भइरहेको छ। यो सडकखण्डको केही स्थानमा पहाडनै काटेर बाटो फराकिलो बनाउन थालिएको छ।तर केही स्थानमा समथल सडकमा समेत निर्माणको काम सकिएपनि कालोपत्रे हुन सकेको छैन।कालोपत्रे नहुँदा यात्रुले धुलोको सास्ती भोगिरहेका छन्।

सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आँपटारसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदैछ । एसियन हाइवेअन्तर्गतको एएच४टु खण्डअन्तर्गत नारायणगढ मुग्लिन सडकखण्ड पर्छ ।

चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबिसे, मुग्लिन नारायणगढ, हेटौंडा र वीरगन्जबाट भारतको मुज्जफरपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *