इनरुवा पोलिक्लिनिकका स्वास्थ्यकर्मी विरुद्ध गुहारियो कानुन !

इनरुवा, साउन ३१ । ११ वर्षीय एक बालकको उपचारमा गलत रिपोर्ट दिई बिरामीको स्वास्थ्यमाथि लापरबाहीले गर्दा उपचारमा उत्पन्न भएको जटिल समस्याका कारण गम्भीर बनेका पिडित बालकका अभिभावकले इनरुवा पोलिक्लिनिक विरुद्ध कानुनलाई गुहारेका छन् ।

पीडित बालकका अभिभावकहरुले इनरुवाको अस्पताल चौकमा सञ्चालित इनरुवा पोलिक्लिनिक विरुद्ध कानुनलाई गुहार्दै कारबाहीका लागि सुनसरी प्रशासनमा जाहेरी दर्ता गराएका हुन् ।

उक्त पोलिक्लिनिकमा कार्यरत्त सिनियर अहेब तारणी प्रसाद यादव र भिडियो एक्स–रे गर्ने डा. एस.के. भगतलाई विपक्षी बनाउँदै पीडितका अभिभावक सन्तोषी कुमारी यादवले मंगलबार जिल्ला प्रशासन कार्यालय सुनसरी र जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दर्ता गराएका हुन् ।

साउन १९ गते बिरामी भई इनरुवा पोलिक्लिनिक उपचारका लागि आएका इनरुवा ३ का ११ वर्षीइ बालक लक्ष्मी यादवलाई त्यहाँका सिनियर अहेब तारणी प्रसाद यादवले भिडियो एक्स–रे गर्ने सल्लाह दिए अनुसार त्यहाँ रहेको भनिएका रेडियोलोजिस्ट डा.एस.के. भगतले भिडियो एक्स–रे गरी बिरामीको किड्नीमा २ एम.एम.को पथरी रहेको रिपोर्ट दिएका थिए ।

पोलिक्लिनीकका सिनियर अहेव तारणी प्रसाद यादवले सोही रिपोर्ट अनुसारको औषधी दिएपछी सिकिस्त बनेका बिरामीलाई रातारात थप उपचारका लागि विराटनगरस्थित लाईफ गार्ड अस्पताल लगि त्यहाँ आवश्यक डाईग्नोसिस गर्दा बिरामीको किड्नीमा पथरी नभएको खुलेको थियो ।

किड्नीमा पथरी नभई उल्टो यादवले लेखेको औषधी प्रयोगका कारण एपेन्डिक्स फुटेर शरिरका केही भागमा बिषादी फैलिसकेको अवस्था फेला परेपछि बिरामीको आकस्मिक शल्यक्रिया गरी बालकको ज्यान जोगाईएको थियो ।

हजारौं रकम खर्च गरी इनरुवा पोलिक्लिनिकमा उपचारका लागि लगिएका बालक लक्ष्मीको भिडियो एक्स–रे रिपोर्ट नै चिकित्सकले गलत दिएपछी बिरामीको अवस्था फरक उपचारका कारण गम्भिर बन्न पुगेको लाईफ गार्ड अस्पतालका चिकित्सकहरुले बताएका छन् ।

घटना पश्चात बिरामीको उपचार गरी फर्केका पिडित बालकका अभिभावकले कानुनी उपचारका लागि सरकारलाई गुहारेका छन् । सोही क्रममा पिडित बालककी आमा सन्तोषी कुमारी यादवले इनरुवा पोलिक्लिनिकमा कार्यरत स्वास्थ्यकर्मीका विरुद्धमा सुनसरी प्रशासन र प्रहरीलाई गुहार्दै कारबाहीका लागि जाहेरी दर्ता गराएकी हुन् ।

दर्ता गरिएको जाहेरी उपर थप छानविनका लागि सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले सुनसरी प्रहरीलाई निर्देशन दिएका छन् । सुनसरी प्रहरीले यसबारे मंगलबारबाटै अनुसन्धान प्रक्रिया थालेको जनाएको छ ।

यता पीडितका परिवारले मंगलबार नै विभिन्न संघसंस्था, उपभोक्तावादी संस्था, नागरीक समाजहरु समेतलाई डाकी घटनाबारे जानकारी गराएका छन् ।

सो कार्यक्रममा उपस्थित अधिकाँशले कानुनबाट न्याय पाउन असुविधा देखिए नागरीक स्तरबाट यसलाई सामाजिक मुद्धा बनाउँदै सडकमा उत्रिनुको विकल्प नरहेको बताएका थिए ।

सम्बन्धित समाचार: 

इनरुवा पोलि क्लिनिकमा चरम लापर्वाही ,एपेन्डिक्सका विरामीलाई पथरीको औषधी प्रयोग

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *