अनैतिक सम्बन्ध लुकाउन ६ वर्षीय आयोगको हत्या, ससुरा–बुहारी कारागार चलान

पर्सा, साउन ३१ । पर्साको बहुरदरमाईमा भएको ६ वर्षीय आयोग साह हत्याकाण्डको रहस्य बाहिरिएको छ । एक महिने लामो प्रहरी अनुसन्धानबाट आयोगको हत्या परिवारका सदस्यबाटै भएको रहस्य बाहिरिएको हो ।

गत असार ३१ गते स्थानीय पोखरीमा मृत भेटिएका पर्सा बहुदरमाई नगरपालिका– २ का शिवजी शाहको छोरा आयोगको हत्या आयोगकै हजुरबुवा ताराचन्द साह र ठूली आमा रितादेबी साह मिलेर गरेको घटना बाहिरीको छ ।

हत्याको कारण भने आयोगको हजुरबुवा र ठूलीआमाको अनैतिक सम्बन्ध रहेको प्रहरीले जनाएको छ । प्रहरीसँगको बयानमा रितादेबीले हत्याको कारण खुलाएकी हुन्।

हत्या अभियोगमा प्रहरीले ताराचन्द साह र रितादेवी साहलाई पूर्पक्षका लागि कारागार चलान गरेको छ ।

साउन ३१ गते बिहान ८ बजे खाना खाएर घरबाट निस्किएका आयोग घरदेखि अन्दाजी ३ सय मिटर उतरतर्फ रहेको बाँसको झाङ नजिकैको पोखरीमा दिउँसो २ बजेतिर मृत भेटिएका थिए ।

प्रहरी स्रोतका अनुसार उनीहरुले पोखरीको उत्तरी किनारमा रहेको खर काँस सहितको बाँसको झाङमा लगी आयोगको घाँटी बटारेर हत्या गरेका थिए । त्यसपछि नजिकैको पोखरीमा लास फालेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *