इमरान खान पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित

काठमाडौं, भदौ १। पूर्वक्रिकेटर इमरान खान पाकिस्तानको प्रधानमन्त्री निर्वाचित भएका छन् ।

नेशनल एसेम्बलीमा भएको चुनावमा पाकिस्तान मुस्लिम लिग जवाजका अध्यक्ष शाहज शरीफलाई पराजित गर्दै ताहरिक–ए–इन्साफको अध्यक्ष खान पाकिस्तानका २२ औं प्रधानमन्त्री बनेका हुन् ।

खान १७६ मतका साथ प्रधानमन्त्री चुनिएका हुन् ।

शाहज शरीफले ९६ मत मात्र पाए । पाकिस्तान पिपुल्स लिग (पीपीपी)ले भने मतदान बहिस्कार गरेको छ ।

इमरान खानले शनिबार पद तथा गाेपनियताकाे सपथग्रहण गर्नेछन् ।एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *