नेकपाका प्रवक्ता प्रकाण्डलाई थप तीन दिन थुनामा राख्न अदालतको आदेश

काठमाडौँ, भदौ ३ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) लाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

कांग्रेस नेता कुन्साङ लामाको क्रसर उद्योगमा आगजनी गरेको अभियोग लागेका प्रकाण्लाई थप तीन दिन थुनामा राखी अनुसन्धान गर्न काभ्रे जिल्ला अदालतले आदेश दिएको हो ।

यसअघि काठमाडौँ प्रहरीले उनलाई जबर्जस्ती चन्दा असुलीको आरोपमा साउन २२ गते पक्राउ गरेको थियो। चन्दा उठाएको अभियोगमा महानगरीय प्रहरी परिसरले पक्राउ गरेपनि बन्दी प्रत्यक्षीकरणमा उनी गत शुक्रबार रिहा भएका थिए। तर प्रहरीले रिहा भए लगतै अदालत परिसरबाट पक्राउ गरी काभ्रे लगेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *