बकर इदमा सार्वजनिक बिदा दिइने

काठमाडौँ, भदौ ५ । बकर इदमा सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बकर इदका अवसरमा ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुस्लीमहरुको महान् पर्व बकर इदको अवसरमा सार्वजनिक बिदाको माग आएपछि सरकारले बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

विदाको माग आएपछि प्रदेश सरकारले निर्णय नै गरेर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुस्लिम धर्मावलम्बीहरुले आफ्नो महान् चाड बकर इद उत्साह र हर्षोल्लासका साथ मनाउने गर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *