पदाधिकारी नियुक्ति गर्ने मापदण्ड निर्धारण सम्वन्धी सिफारिस गर्ने कार्यदल गठन

भाद्र ५, काठमाडौं । सरकारले विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्ति गर्ने मापदण्ड निर्धारण सम्वन्धी सिफारिस गर्ने कार्यदल गठन गरेको छ।

डा. गाेविन्द केसीसँग साउन १० गते भएको सहमति अनुसार १५ दिन भित्र विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्ति गर्ने मापदण्ड निर्धारण सम्बन्धी सिफारिस गर्ने कार्यदल गठन गर्नुपर्ने थियो। साेहि सहमति अनुसार शिक्षा मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालकाे संयाेजकत्वमा कार्यदल गठन गरिएकाे हाे ।

डा. केसीसँगको सहमति अनुसार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले २४ औं दिनमा कार्यदल गठन गरेका हुन्। कार्यदलको सदस्यहरुमा कानुनविद इन्द्र अर्याल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्राध्यापक डा. मधुर बस्नेत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव र शिक्षा मन्त्रालयको कानून तथा फैसला कार्यान्वन शाखाका प्रमुख सदस्य रहने बतार्इएकाे छ ।

डा. केसीले केही दिनअघि सहमतिका विषयमा पत्रकार सम्मेलन गरी पुन सम्झाएपछि प्रधानमन्त्री केपी ओलीले डा केसीसँग भेट गरी माग पुरा गर्ने बताएका थिए। डा. केसीसँगको सहमति अनुसार कार्यदलको कार्यावधि एक महिनाको हुने छ।

अब सरकारले कुनै पनि विश्वविद्यालय र प्रतिष्ठानमा अाफुखुसी पदाधिकारी चयन गर्न सक्दैन । कार्यदलले निर्धारण गरेकाे मापदण्डका अाधारमा पदाधिकारी नियुक्त हुनेछन् । विगतमा पैसाकाे चलखेलमा पदाधिकारी चयन हुँदा असक्षम ब्यक्तिहरूकाे हालिमुहाली भइरहेकाे छ ।

वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान,  त्रिभुवन विश्वविद्यालय, न्याम्स जस्ता संस्थाहरूमा राजनितीक नियुक्ति हुँदा याेग्यता र क्षमता भन्दा पनि राजनीतिक भागवण्डाका अाधारमा पदाधिकारी नियुक्त गर्ने चलन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *