पाइपबाट घरघरमा ग्यासको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, सिलिण्डर हटाउनु ठूलो कुरा होइन

विराटनगर भदौ ५ । पाइपलाइनबाट घरघरमा ग्यास पुर्याउने प्रधानमन्त्री केपी ओलीको सपना साकार भएको छ ।

प्रधानमन्त्रीको सपनाको जति खिल्ली उडाएतापनि अन्ततः उनले आफ्नो सपना साकार बनाउने अभियानको शुरुवात गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर पुगरे वायोग्यास उद्घाटन गरेका छन् । महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौशालामा गाइको गोबर संकलन गरेर उत्पादन गरिएको वायोग्यास पाइपबाट ३२ घरमा जडान गरिएको छ ।

पाइपबाट ग्यास अन्तर्गतको परियोजना कास्की, स्याङ्जा लगायतका स्थानमा पनि काम भइरहेको जानकारी दिँदै उनले भने, ‘ग्यास सिलिण्डर हटाउनु ठूलो कुरा होइन, अब ३२ घरले काँधमा सिलिण्डरको डल्ला बोकेर हिड्नु पर्दैन । पाइपबाटै ग्यास आउँछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *