भेनेजुएलामा शक्तिशाली भूकम्प

काठमाडौं, भदौ ६ । भेनेजुएलामा शक्तिशाली भूकम्प गएको छ । ट्रिनियाड एन्ड टोबागोको नजिक तटीय क्षेत्रलाई केन्द्रविन्दू बनाएर ७ म्याग्निच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । तर भेनेजुएलाका अधिकारीहरुले भने ६ दशमलव ३ म्याग्नेच्युटको भूकम्प गएको बताएका छन् ।

भूकम्पका झड्का भेनेजुएलाको राजधानी काराकासमा समेत महसुस गरिएको छ । शक्तिशाली भूकम्प गएपछि मानिसहरुबीच भागदौड भएको छ ।

भेनेजुएलाका अधिकांश घर खाली गराइएको छ । मानिसहरुलाई खुला ठाउँमा राखिएको छ । अहिलेसम्म कति मान्छेको मृत्यु भयो त्यसको कुनै जानकारी आइनसकेको वीवीसीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *