पार्टीभित्रको गुटबन्दी नहटाए काँग्रेस कमजोर हुन्छ– महामन्त्री कोइराला

नेपालगञ्ज, भदौ ६ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान सरकारको मूल्याङ्कन गरी हाल्नुपर्ने समय भइ नसकेको बताएका छन् ।

नेपाल प्रेस युनियन, बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । कार्यक्रममा उनले सरकारले मुलुकलाई सही दिशा दिन नसकेको बताए ।

काँग्रेस पार्टीभित्र गुटबन्दी रहेको बताउँदै महामन्त्री कोइरालाले भने, ‘काँग्रेस पार्टीभित्रको गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित गरेको गरेको छ । यो अवस्था रहेसम्म पार्टी बलियो हुन सक्दैन ।’

उनले पार्टी सङ्गठनलाई एकै ठाउँमा उभ्याउन नसके काँग्रेस कमजोर हुने बताए । ‘पार्टी सङ्गठनलाई एकै ठाउँमा उभ्याउन नसके काँग्रेस कमजोर हुन्छ, काँग्रेस कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो, यो कुरा नेता, कार्यकर्ताले बुझ्नुपर्छ’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *