पाँच एकीकृत बस्ती स्विकृत (कुन–कुन ठाउँमा?)

काठमाडौँ, भदौ ६ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले पाँच ठाउृँका लागि एकीकृत नमुना बस्ती स्विकृत गरेको छ । कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्वाहालि पाएसँगै एकीकृत बस्तीका लागि स्विकृत भएको हो ।

प्राधिकरणको मंगलबार बसेको वैठकले सिन्धुपाल्चोक, रामेछाप र काभ्रेमा गरी पाँचवटा जिल्लाका भूकम्पपिडीत लक्षित गरी एकीकृत बस्तीका लागि स्विकृत गरिएको हो ।

बैठकले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २ खर्कडाँडास्थित नोर्वुलिङ एकीकृत बस्ती विकास योजनालाई स्वीकृत गरेको छ । यस अन्तर्गत ४० घरधुरी हुनेछन । त्यस्तै सिन्धुपाल्चोककै मेलम्ची नगरपालिका १२ मा नम्डोललिङ एकीकृत बस्ती विकासको योजनालाई पनि स्वीकृत गरेको छ । यो बस्तीमा ७० घरधुरी रहनेछन् । त्यसै गरि सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका ५ त्याङथली एकीकृत नमूना बस्ती विकास योजनालाई पनि स्वीकृत गरेको छ। यसमा १० घरधुरी हुनेछन ।

त्यसै गरि रामेछापको मन्थली नगरपालिका ८ माझीबस्तीमा गाइखुरा एकीकृत बस्ती विकास योजनालाई स्वीकृत गरेको छ । जसमा २४ घरधुरी रहनेछन् । त्यस्तै काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका १० स्थित तीनधारामा होमस्टेसहितको नमुना तामाङ बस्ती विकास योजनालाई पनि स्वीकृत गरेको छ त्यहाँ ३७ घरधुरी निर्माण हुनेछन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *