नेपाल यातायात संयुक्त मजदुर संघको दोश्रो साधारण सभा हुँदै

धरान, भदौ ७ । किरात याक्थुङ चुम्लुङ हिमको प्राङ्गणमा नेपाल यातायात संयुक्त मजदुर संघको दोश्रो वार्षिक साधारण सभा तथा अधिवेशन बिहिबार धरानमा सुरु भएको छ ।

सभा तथा अधिवेशनको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य टंक आङवुहाङले जोर पानसबत्ति बालेर उद्घाटन गरेका छन् ।

त्यस अवसरमा बोल्दै आङवुहाङले यातायात मजदुर र अन्य मजदुरहरुको समेत ठाउँ ठाउँमा हत्या भइरहँदा शान्ति सुरक्षामाथि चुनौति थपिएको बताए ।

आङवुहाङले राजनीतिक दलहरुले आर्थिक विकासको पाटोमा मजदुरलाई पहिलो प्राथमिकतामा नराखेसम्म मुलुकको दीगो आर्थिक विकास सम्भव नभएको समेत बताए ।

सोही कार्यक्रममा तत्कालीन माओवादी केन्द्रका धरान इन्चार्ज अहेन्द्र बिक्रम बेघाले सम्पूर्ण क्षेत्रको विकास मजदुरको हातबाट हुने गरेकाले सरकारले मजदुरको संरक्षण गर्न जरुरी रहेको बताए ।

संघका केन्द्रीय अध्यक्ष गणेश प्रसाद भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा संघका विभिन्न पदाधिकारीहरु लगायतले बोलेका थिए ।

संघका महासचिव अमृत भुजेलले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष मोहनकर्ण लिम्बुले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उद्धघाटनछि नयाँ नेतृत्व चयनका लागी बन्द सत्ता समेत हुने आयोजक नेपाल यातयात संयुक्त मजदुर संघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *