कञ्चनपुरमा गोली चल्यो ! ४ जना घाइते

कञ्चनपुर, भदौ ७ । कञ्चनपुरमा जारी विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर ४ जना घाइते भएका छन् ।

सार्वजनिक हत्याराप्रति असन्तुष्टि जनाउँदै भीमदत्तनगरका स्थानीयवासीले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर ४ जना प्रदर्शनकारी घाइते भएका हुन् । बिहीबार जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको हो ।

घाइते हुनेमा कञ्चनपुरको सुडाका तिर्थराज पनेरु, भिमदत्तनगरपालिकाका अर्जुन भण्डारी, कैलालीका सन्तोष कठरीया र कञ्चनपुरको भासिका तेज भटट् रहेको प्रहरीले जनाएको छ । घाइते ४ जना मध्ये भट्टको अवस्था गम्भीर रहेको बताइएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिनप्रति मंगलबारदेखि स्थानीयबासी आन्दोलनमा उत्रिएका हुन् ।

स्थानीयले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्गमको सडकमा ढुंगा थुपार्दै टायर बालेर सवारी आवगमन अवरुद्ध गरेका छन् भने शिक्षण संस्था पनि ठप्प पारेका छन् ।

प्रहरीले वास्तविक हत्यारालाई बचाउँन खोजेको भन्दै स्थानीयले मंगलबारदेखि निरन्तर रुपमा प्रदर्शन गर्दे आएका छन्। बिहीबार पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने भाँसी, सिसैया, दैजी लगायतका स्थानमा टायर बालेर प्रदर्शन गरिएको छ।

पन्तको बलात्कारमा संलग्न भएको भन्दै प्रहरीले दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।

तर, स्थानीयले उनी मानसिक रोगी भएको र वास्तविक हत्याराको बचाउमा प्रहरीले गलत व्यक्तिलाई सार्वजनिक गरेको भन्दै आन्दोलन जारी राखेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *