कञ्चनपुर घटनाको विस्तृत अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन

काठमाडौँ, भदौ ७ । कञ्चनपुरमा बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा विस्तृत अनुसन्धान गर्न गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ ।

बिहीबार प्रदेश नं. ७ का सांसद् लगायतले कञ्चनपुर घटनाबारे न्यायिक आयोग वा उच्च स्तरीय समितिले गठन हुनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका थिए । त्यसको जवाफ दिँदै गृहमन्त्री थापाले छानविन समिति गठन गर्ने तयारी गरेका हुन् ।

कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनालीको संयोजकत्वमा बनाइएको समितिमा प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु सदस्य छन्। बिहीबार गृहमन्त्रालयमा बसेको बैठकले मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

पन्तको बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले स्थानीय दिलिपसिंह बिष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो। प्रहरी अनुसन्धान निष्पक्ष नभएको र बास्तविक अपराधी पक्राउ नगरेको भन्दै आन्दोलन चर्किदै गएको छ।

बिहीबार प्रहरीले आन्दोलनकारीमाथि गोली चलाउँदा चार जना घाइते भएका छन्।

स्थानीयले उच्च स्तरीय छानबिनको माग गरेर आन्दोलन चर्काएपछि गृहले बिहीबार समिति गठन गरेको हो।

१३ वर्षीया किशोरीको बलात्कारपछि हत्या प्रकरणको विरोधमा कञ्चनपुरमा भइरहेको प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले साँझ ५ बजेदेखि कर्फ्यू समेत जारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *