कञ्चनपुरमा फेरि चल्यो गोली: १३ वर्षीय बालकको मृत्यु, ४ जना घाइते

कञ्चनपुर, भदौ ८ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा दोषी उम्काउन खोजेको भन्दै प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले शुक्रबार पनि गोली चलाएको छ ।

प्रहरीले चलाएको गोली लागि एक बालकको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा निर्मला पन्तको हत्याको छानबिनका लागि दबाब दिन भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा अन्दाजी १२–१३ वर्षीय बालकको मृत्यु भएको हो ।

प्रहरीले हानेको गोली बालकको छातीमै लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।  घाइते भएकाको महाकाली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

निर्मला पन्तको बलात्कारमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले जिल्ला प्रशासन कार्यालयमा तोडफोड गर्न थालेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *