राष्ट्रपति ट्रम्पले उत्तर कोरिया जाने तयारीमा रहेका विदेशमन्त्रीलाई किन रोके ?
“
काठमाडौं, भदौ ९ । अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको प्रस्तासवत यात्रा रद्ध गर्न निर्देशन दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले कोरियाली प्रायद्वीपमा परमाणु हतियार नष्ट गर्ने कार्यमा पर्याप्त प्रगति नभएको भन्दै यस्तो बेलामा उत्तर कोरियाको भ्रमण उपयुक्त नहुने बताएका हुन् ।
राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै चीन र अमेरिकाबीचमा व्यापारका विषयमा उत्पन्न भएको तनावका कारण पनि उत्तर कोरियामाथि पर्याप्त दबाब बनाउन नसकिएको उल्लेख गरेका छन् । गएको जून महिनामा उत्तर कोरियाली नेता किम जोङ उनसँग भएको शिखर वार्तापछि भने राष्ट्रपति ट्रम्पले उत्तर कोरियाबाट कुनै पनि परमाणु जोखिम नभएको बताएका थिए ।
तर त्यसपछि भने उत्तर कोरियाले आफ्ना परमाणु कार्यक्रम बन्द नगरेको खबरहरु आए । हालै मात्रै एक अमेरिकी अधिकारीले वाशिंगटन पोस्टलाई उत्तर कोरियाले नयाँ अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बनाइराखेको बताएका थिए ।
संयुक्त राष्ट्र संघको परमाणु एजेन्सीले पनि उत्तर कोरियालले आफ्नो आणविक कार्यक्रम नरोकेको बताएको छ । माइक पोम्पेओ उत्तर कोरियाका लागि नियुक्त अमेरिकी विशेष दूत स्टीफन बीगनका साथ अर्को हप्ता उत्तर कोरिया जाने तयारीमा थिए । तर ट्रम्पको निर्देशनपछि भने उनको भ्रमण रद्ध भएको छ ।
“