‘दोषीलाई जोगाउन स्वयम् राज्य लाग्दछ भने न्याय माग्न कहाँ जाने ?’

काठमाडौँ, भदौ १० । कञ्चनपुरकी निर्मला पन्तको हत्याबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यले नै दोषी जोगाउन खोज्दा हजारौँ सर्वसाधारण नागरिक सडकमा उत्रिनु स्वभाविक रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सभापति देउवाले सरकार नै हत्यारा जोगाउन लागि पर्दा सर्वसाधारण नागरिक सडकमा उत्रिनु स्वभाविक रहेको बताएका हुन् ।

कञ्चनपुर घटनालाई उद्धृत गर्दै उनले बलात्कारपछि हत्याको घटनामा राज्यले नै दोषी जोगाउन निर्दोष नागरिकमाथि कारबाही गरेको बताए ।

अपराधमा संलग्नलाई जोगाउन निर्दोषलाई दोषी किटान गरेर कारबाही गर्नु अपराधको पराकाष्टा भएको बताउँदै उनले भने, ‘एउटा बालिकाका लागि न्याय माग्दा अर्को बालकले ज्यान गुमाउनुपरेको छ, दोषीलाई जोगाउन स्वयंं राज्य लाग्दछ भने न्याय माग्न कहाँ जाने ?’

सरकारले न्यायपालिकालाई कार्यपालिका र व्यवस्थापिकाको लाचार छाया बनाउन खोजेको उनले जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *