लामो समय बोलेरै विश्वकिर्तिमान राख्ने केशीको अठोट

काठमाडौँ, भदौ १२ । सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा लागेका अनन्तराम केसीले २८ घण्टा निरन्तर बोली सकेक छन् ।

केसीको अभियान गोकर्णेश्वर–५ स्थित इस्ट पोल माविमा सोमबार बिहान ६ बजेदेखि शुरु भएको हो । आज बिहान १० बजेसम्मको अभिलेखअनुसार उनले २८ घण्टा बोली सकेको अभियानको संयोजन गरिरहनुभएका न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले बताए । केसीले न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने लक्ष्य राखेका छन् ।

अध्यात्मको खोजबाट मनोशक्तिको अभ्यासमा लाग्नुभएका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोले पनि प्राविधिक कारणले गिनिज वल्र्ड रेकर्डस्ले प्रमाणीकरण गरेन । अहिले भारत केरेलाका केपी भाल साराजानको नाममा लगातार ८१ घण्टा १६ मिनेट बोलेको अभिलेख छ ।

विगतको गल्तीबाट सिकेर यस वर्ष नयाँ कीर्तिमानको तयारी थालिएको केसीले बताए। शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र अनुसन्धानमा लागि तालीमसमेत दिने गरेका केसीले यसपटक विश्वले चिन्ने छ नेपालीलाई भन्ने नारा नयाँ विश्व कीर्तिमान कायम गर्न लागेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *