सार्कको पहिलो बैठक आजबाट शुरु
“
काठमाडौँ, भदौ १२ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन९सार्क०स्तरीय कृषि सहकारी व्यवसाय मञ्चको पहिलो बैठक आजदेखि काठमाडौँमा शुरु भएको छ ।
संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) र एशियाली कृषक सङ्घ (एएफए)को संयुक्त आयोजना तथा कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष(आइएफएडी)को सहयोगमा शुरु भएको हो ।
दिगो विकास लक्ष्यअनुसार दक्षिण एसियामा गरीबी एवं भोकमरी अन्त्य गर्न कृषक परिवारको सङ्गठित र सबलीकरणमा लागि सहकार्य भन्ने मुख्य मुद्दामा केन्द्रित सो बैठक तीन दिनसम्म चल्ने काठमाडौँस्थित सार्क सचिवालयले जनाएको छ ।
सो अवसरमा सार्कका महासचिव अम्जद हुसैंन वि सियलले सन् २००८ मा भएको सार्क मुलुकका कृषिमन्त्रीको बैठकले ‘सार्क एग्रिकल्चर भिजन–२०२०’ अङ्गीकार गरेको जानकारी दिए। उनले भने, ‘कृषि क्षेत्रमा आधुनिक प्रविधिलाई अङ्गीकार गरी उत्पादित सामग्रीको बजारीकरण गराउन साना कृषि खेती प्रणालीले अवरोध गरेको छ ।’
कृषक परिवारको सङ्गठित सहकार्यले खाद्य सुरक्षा प्राप्त गर्न, पोषण सुधार, गरिबी निवारण र भोकमरीको अन्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।
दक्षिण एसियाका साना आकारका खेती प्रणाली आधुनिक प्रविधिको प्रयोग र उत्पादित कृषि उपजको बजारीकरणका लागि गम्भीर अवरोध भएको भन्दै महासचिव अम्जदले कृषिमा सहकार्य आवश्यक भएको बताए ।
उहाँले दक्षिण एसियाका ग्रामीण भेकमा बस्ने बहुसङ्ख्यक जनताको जीवन भूमि, शुद्ध पिउनेपानी, तटीय क्षेत्रमा माछापालन, वन जङ्गललगायत प्राकृतिक सम्पदामा निर्भर रहेको बताए ।
बैठकमा सार्क सदस्य मुलुकका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता छ ।
“