मात्र ५ मिनेटको चार्जमा २ घण्टा टक टाइमः अाेपाे एफ नाइनकाे अाकर्षण
“
भदौ १३, काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले आफ्नो लोकप्रिय एफ सिरिज अन्तर्गत नयाँ उत्पादन, ओपो एफनाइन सार्वजनिक गरेको छ । मात्र ५ मिनेट चार्ज गर्दा २ घण्टाको टक टाइम दिने, भोक फ्ल्याश चार्जिङ र उद्योगकै पहिलो ग्राडियण्ट कलर डिजाइन सहित सार्वजनिक गरिएको नयाँ एफ नाइन मार्फत कम्पनीले ओपोको अत्याधुनिक प्रविधि र नव प्रबर्तनात्मक विशेषज्ञता प्रतिबिम्बित गरेको छ ।
सनराइज रेड, ट्वाइलाइट ब्ल्यू र स्टारी पर्पल गरी तीनभिन्न ग्राडियण्ट कलर कम्बिनेसनमा एफ नाइन उपलब्ध गरिने कम्पनीले जानकारी दिएको छ । तीमध्ये सनराइज रेड र ट्वाइलाइट ब्ल्यू देशभरका अफलाइन स्टोर मार्फत भदौ १४ गतेदेखि विक्रि आरम्भ गरिने छ भने स्टारी पर्पलका लागि भने उपभोक्ताले केही समय थप कुर्नु पर्ने कम्पनीले जानकारी दिएको छ ।ओपो एफनाइन ४ जीबी को मूल्य रु. ४१,५९० र ६ जीबी को मूल्य रु. ४५,५९० निर्धारण गरिएको छ ।
उद्योगकै पहिलो ६.३ ईञ्च ‘वाटरड्रप स्क्रिन’ डिजाइन, ९०.८% स्क्रिन टू बडी रेसिया पृथक ग्राडियण्ट कलर र ३५०० एमएएच ब्याट्री सहित ओपो एफ नाइनले उत्कृष्ट सेल्फी फञ्शनका साथै अन्य प्राविधिक पक्षमा समेत उपभोक्तालाई उत्कृष्ट अनुभव प्रदान गर्नेछ ।
‘उपभोक्ताका समस्याको उत्कृष्ट समाधान उपलब्ध गराउनु ओपोमा हाम्रा लागि प्रमुख प्राथमिकताको विषय हो । मात्र ५ मिनेटको चार्जमा २ घण्टाको टक टाइम उपलब्ध गराउने क्षमता सहितको भोक फ्ल्यास चार्जमार्फत ब्याट्री सम्बन्धित उपभोक्ताको चिन्ता निवारणमा हामी सफल हुनेमा हामी आशावादी छौँ ।’, सार्वजनिक नयाँ फोनका बारेमा बोल्दै ओपो नेपालका प्रमुखकार्यकारी अधिकृत बबी ट्राओले भने, ‘साथै, प्राविधिक प्रबर्तन सहित आकर्षक डिजाइनमा उपलब्ध गरिएको फोन मार्फत विगतमा झैँ उपभोक्ताको निरन्तर माया र सहयोग प्राप्त हुनेमा हामी विश्वस्त छौँ ।’
सार्वजनिक समारोहमा ओपोका ब्राण्ड एम्ब्यासेडर दिपिका पाडुकोण र सिद्धार्थ मल्होत्रा अभिनित नयाँ टीभीसी पनि सार्वजनिक गरिएको थियो जसमा ‘५ मिनेट चार्ज, २ आवर टक’ शीर्षक दिइएको टीभीसीमा ओपो एफनाइनको भोक फ्ल्याश चार्जिङ क्षमतालाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।
मात्र ५ मिनेटको चार्जमा २ घण्टा टक टाइम उपलब्ध गराउने भोक फ्ल्याशचार्ज
उद्योगकै पहिलो ग्राडियण्ट कलर र वाटरड्रप डिजाइन
भोक मार्फत तिब्र गतिको चार्ज
नेपाली प्रयोगकर्ताहरुका लागि ब्याट्रीको आयू एक प्रमुख समस्याका रुपमा रहेको छ । यही समस्यालाई दृष्टिगत गर्दै ओपो एफ नाइनमा भोक फ्ल्यास चार्जको ब्यवास्था गरिएको छ । ओपोद्वारा विकसित, लो भोल्टेज चार्जिङ प्रविधि उपयोग गर्ने यस प्रविधिले साधारण ५भी/१ए साधारण चार्जिङका तुलनामा चार गुणा तिब्र चार्जिङ गति क्षमता प्रदान गर्छ । साथै हतार भएको अवस्थामा मात्र ५ मिनेट चार्ज गरी २ घण्टाको समयका लागि पर्याप्त टक टाइम प्राप्त गर्न सकिन्छ ।
चार गुणा तिब्र गतिको चार्जिङ क्षमताका साथै भोकमा एडेप्टरदेखि पोर्ट हुँदै फोन सम्म पुग्नु अगाडी ५ तहको सुरक्षा प्रणाली पनि जडान गरिएको छ । भोकमा भोल्टेज रिड्यूसिङ सर्किटलाई एमसीयू मार्फत विस्थापन गरिएको छ । यसले भोकलाई ‘कूल फास्ट चार्जिङ प्रविधि’का रुपमा स्थापित गरेको छ । भोक प्रयोग गर्दा चार्जिङ गरिरहेकै अवस्थामाफोनको प्रयोग गर्दापनिकुनै असर पर्दैन । यो सुविधा हाई भोल्टेज फास्ट चार्जले दिन सक्दैन ।
सन् २०१४मा भोक सार्वजनिक गरसंगै कम्पनीले यससंग सम्बन्धित ५ सय प्याटेन्ट दर्ता गराउनुका साथ अहिले विश्वभर यसको प्रयोग ९ करोड उपभोक्ताले गरिरहेका छन् । ब्याट्रीका सवालमाएफनाइनमा ३५०० एमएएच ब्याट्री र अप्टिमाइज्ड एआई ब्याट्री म्यानेजमेण्टको ब्यवस्था गरिएको छ ।
ग्राडियण्ट कलर्स सहित वाटरड्रप स्क्रिन
यूवा माझ अfत्यधिक लोकप्रिय स्मार्टफोन ब्राण्ड ओपोले तिनको फेसन र स्टाइलप्रतिको रुचिलाई विशेष प्राथमिकतामा राख्दै आकर्षक उत्पादन दिने प्रयास गरेको छ । एफ नाइनमा उपलब्ध गरिएको ग्राडियण्ट कलरले तिनको पर्सनालिटी र एटिट्यूड प्रतिबिम्बित गर्न सघाउँछ ।
फोनमा प्रयोग गरिएको ग्राडियण्ट स्प्रेयिङ प्रविधि र फ्रेम ग्राडियण्ट प्रविधिमार्फत कम्पनीले ग्राडियण्ट डिजाइन सहितको ब्याकका साथै यूनिफाइड भ्यूइङ अनुभव प्रदान गर्छ । प्रत्यक्ष सूर्यको प्रकासमा राख्दा एफ नाइन बहुमुल्य रत्न र बगिरहेको पानीझैँ चम्किन्छ । एफनाइनको डिजाइनले कम्पनीको डिजाइन प्रतिको लगावलाई प्रत्यक्ष प्रतिबिम्बित समेत कम्पनीकाे दावि छ।
स्मार्टफोन भनेको सञ्चार साधन मात्र नभइ कलाको एक नमुना हो भन्ने सोचका साथओपोले आफ्ना उत्पादनको विकास तथानिर्माण गर्ने गरेको छ । फोनमा रहेको स्क्रिनले पानीको थाेपा आकारको नच बाहेक पूरै एफ नाइन ढाकेको छ ।
एफ नाइनमा १०८०/२३४० रेजोल्यूशन सहितको आकर्षक ६.३ ईञ्च बेजल–लेस स्क्रिन जडान गरिएको छ । १९.५ : ९ एस्पेकट रेसियो र ९०.८% सुपर हाई स्क्रिन टू बडी रेसियो पनि उपलब्ध छ ।
फोटोग्राफी: सेल्फी एक्स्पर्टबाट पोट्रेट आर्टिष्ट
ओपोको सटिक फोटोग्राफी, एफ नाइनको माध्यमबाट अझ विशिष्टता तिर उन्मुक्त भएको छ । नयाँफोनको माध्यमबाट आफ्नो विशेषतालाई सेल्फी एकस्पर्टबाट थप विस्तारित गर्दै अब पोट्रेट फोटोग्राफीमा पनि उत्कृष्टता दिने सोचका साथ कम्पनीले यसका अतिरिक्त सुविधा तथा फिचर्स पनि प्रदान गरेको छ ।
यसका लागि ओपोले एफ सिरिजमा पहिलो पटक डुअल रियर क्यामेरा (१६एमपी+२एमपी)को प्रयोग गरेको छ । मोबाइलबाट खिचिएका तस्विरमा धमिलो र अप्राकृतिक लाग्ने बोके ईफेक्ट, कम वा अत्यधिक प्रकाश हुनु प्रयोगकर्ताका लागि टाउको दुखाइको विषय हुने गरेको छ । यसको समाधानका लागि ओपोले एफ नाइनको प्रमुख क्यामेराका रुपमा एफ/१.८ एपर्चर लेन्स सहित १६ एमपीको क्यामेरा उपलब्ध गराएको छ । साथै, यसमा रहेको सेकेण्डरी क्यामेराले उत्कृष्ट बोके ईफेक्टका लागि डेफ्ट अफ फिल्डको गणना समेत गर्ने क्षमता राख्छ ।
बोके ईफेक्टका लागि गणना सम्पन्न गरेपश्चात एफनाइनपोट्रेट मोडले डेफ्ट सूचनाकै आधारमा प्रकास थप्ने, एआई ब्यूटी फिकेशन लागु गर्ने लगायत कार्य गरी उत्कृष्ट पोट्रेट लाइटनिङ स्टाइल प्रदान गर्छ ।
यसमा रहेका फिल्म लाइट, प्राकृतिक लाइट र रिम लाइटको प्रयोग गरी अदृतिय फोटोग्राफी अनुभव लिन सक्छन् । साथै यसमा रहेको एआई सिन रिकग्निसनले १६ ईन्डिपेन्डेन्ट र ८ सय संयुक्त सिनको पहिचान गर्ने क्षमता राख्छ ।
ओपो एफनाइनमा रहेको २५ मेगापिक्सेल क्षमताको क्यामेराले हरेक विषयको २९६ फिचर पोइन्टहरु सटिक रुपमा संकलन गरी मुहार चित्रको बृहत्त डाटाबेससँग तुलना गरी विषयगत रुपमा परिमार्जन सुविधा उपलब्ध गराउँछ । ओपोले उपलब्ध गराएको एआई ब्यूटी २.१ले प्रयोगकर्तालाई ८० लाख भिन्न ब्यक्तिगत ब्यूटीफिकेशन ईफेक्ट उपलब्ध गराउँछ । यसले गर्दा प्रयोगकर्ताका तस्विरहरुमा प्राकृतिक लुक्स कायम राख्दै उत्कृष्ट र गुणस्तरिय देखाउन सकिन्छ । यसका साथै, एफ नाइनमा एआर स्टिकर्स, सुपर भिभिड मोड र स्लो मोसन भिडियो जस्ता रमाइला क्यामेरा फिचरहरु पनि उपलब्ध छन् ।
कलरओएस ५.२ एआई प्रणाली
ओपोले एफ नाइनमार्फत प्रयोगकर्तालाई स्मार्ट अन्तरक्रियात्मक अनुभव प्रदान गर्ने सोचका साथ एण्ड्रोइड ८.१ मा आधारित कलरओएस ५.२ सञ्चालन प्रणाली उपलब्ध गराएको छ । एफ नाइनमा गुगल लेन्स पनि उपलब्ध छ । यसले बस्तुको सटिक पहिचान गरी आवश्यक नतिजा तथा सूचना प्रस्तुत गर्न सहज हुन्छ ।
हार्डवेयरको सवालमा एफ नाइनमा ४जीबी/६जीबी + ६४ जीबी सञ्चय क्षमताको समायोजनले सञ्चालन गतिमा तिब्रता प्रदान गरेको छ । साथै, प्रयोगकर्तालाई अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा यसलाई २ सय ५६ जीबी सम्म बढाउन पनि सकिने सुविधा पनि फोनमा उपलब्ध छ । ओपो एफ नाइनमा एकै पटक २ ओटा सिमकार्ड र एउटा मेमोरी कार्ड प्रयोग गर्न सकियोस् भन्ने सोचका साथ तीन ओटा कार्ड स्लट सहितको डिजाइन अवधारणा अपनाइएको छ ।
“