कविता : देखाउनु छ धोकेवाजलाई संसार सारा जितेर
मकालु खबर
२०७४ जेठ १५ गते
“ऊ अनि उसका अनगिन्ती यादहरु बोकी
जब हिँड्छु सडक अनि गल्तीहरुमा
देख्छु उसको तस्बिर यो आँखाभरी
अनि पराईमा पनि देख्छु उसको तस्बिर
बोलाउन खोज्छु उसको समीप गएर
त्यसपछि टक्क रोकिन्छन्
मेरा पाइला उसैका ती
घातका दिन सम्झेर ।
जब जान्छु ती झरना
अनि तरेलीहरुमा
कल्पन्छु उसैसँग बिताएका ती
दिनहरु सम्झी, आहा
कति रमाइला थिए ती पलहरु
जब ऊ मेरो साथमा थियो
अनि हुन्थे हामीबीच रमाइला बातहरु
आज सम्झन्छु उसका ती घातहरुहरुलाई
अनि भन्छ मनले यो संसार नै त्यागिदे
हैन भन्छ अर्काे मनले फेरी
जिउनु छ तैंले यहाँ
अनि देखाउनु छ त्यो धोकेबाजलाई
संसार सारा जितेर ।”
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित