चीनको अग्रताका कारण भारत र अमेरिकाबीच प्रतिरक्षात्मक सम्बन्ध बढ्दै
“एजेन्सी – अमेरिका र भारतबीच प्रतिरक्षात्मक हतियारको सङ्ख्या निश्चय गर्नेबारे द्विपक्षीय वार्ता तय भएको छ ।
एसियाली क्षेत्रमा चिनियाँ प्रभावलाई सन्तुलित राख्ने अमेरिकी नीति अनुरुप रक्षा मन्त्री जीम म्याटिस र विदेश मन्त्री माइक पोम्पेओले भारतीय मन्त्री सुस्मा स्वराज र रक्षा मन्त्री निर्मला सितारामसँग यसै बिहिबार दुवै देशका सेनालाई नजिक ल्याउने उद्देश्य साथ छलफल गर्ने समाचार एजेन्सी रोयटर्सले बताएको हो ।
यो सम्मेलन यसैवर्ष दुईपटक रद्द गराइएको थियो । तरपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति ट्रम्पबीच पहिले नै सहमति भइसकेकाले अन्तिम समयमा सम्मेलन तय गरिएको हो ।
ईरानसँगको इन्धन कारोबार र रुसबाट एस–४०० हवाई मिसाइल खरिद गर्नेबारे भारतप्रति अमेरिकाले असन्तुष्टि व्यक्त गर्दै आएको छ । त्यसकारण यस कार्यक्रमले दुवैबीचका विवादहरु सुल्झाउने मौका पनि दिलाएको बताइएको छ ।
गत हप्ता मात्र पेन्टागनका एसियाली प्रमुख रन्डल स्क्रीभरले बैठक दुवै पक्षका लागि प्रभावकारी साबित हुने बताएका थिए । पछिल्लो दशक चीनको अग्रतालाई मध्य नजर राख्दै भारत र अमेरिकाबीच प्रतिरक्षात्मक सम्बन्ध बढ्दै गएको पाइएको छ ।
सुरक्षा क्षेत्र र अर्थतन्त्रमा चीनको बढ्दो प्रभावलाई लिएर अमेरिकाले लामो समयदखि भारतलाई सचेत गराउँदै आएको छ । गत वर्ष मात्र चीन र भारतबीच सीमा सम्बन्धि मुद्दामा १० हप्तासम्म सैनिकहरुको आमनासामना भएको थियो ।”