निर्मला हत्या प्रकरण: एक महिना बित्यो, अझैपनि कुनै तथ्य खुल्न सकेन
“
काठमाडौं, भदौ २२ । बलात्कारपछि हत्या गरिएकी कन्चनपुर भिमदत्त नगरपालिकाकी निर्मला पन्तको हत्या प्रकरणमा प्रहरीको नयाँ टोलीले अनुसन्धान शुरु गरेको दुई साता पुगेको छ । प्रहरीले निर्मलताको बलात्कार र हत्या कुन ठाउँमा भयो र हत्यामा कतिजना संलग्न थिए भन्नेबारे अझैपनि कुनै तथ्य फेला पार्न सकेको छैन ।
कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायउतले आफुले अनुसन्धान क्रममा सयजना भन्दा बढीसँग सोधपुछ गरेको बताएका छन् ।
शंकास्पद कतिपयलाई कागज गराएर छाडेको, कतिलाई सामान्य सोधपुछ गरेर छाडेको उनको भनाई छ । शंकास्पद सबैभाथि सबै कोणबाट अनुसन्धान भैरहेको उनले बताए। तर अहिलेसम्म कुनै ठोस तथ्य खुल्न सकेको छैन ।
निर्मलाको शव साउन ११ गते उखुबारीमा भेटिएको थियो । घटना भएको एक महिनाभन्दा बढी भईसकेको छ ।
यस अवधिमा धेरै प्रमाण नष्ट भईसकेकाले अनुसन्धानमा जटिल्ता उत्पन्न भएको उनको भनाई छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।
“