चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ नयाँ गीत सार्वजनिक (भिडियोसहित)


“
काठमाडौं, भदौ २३ । आउँदो असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ को नयाँ गीत सार्वजनिक भएको छ । बुधवार राजधानीमा आयोजित कार्यक्रम बिच चलचित्रको तेस्रो गीत सार्वजनिक गरिएको हो ।
‘जुरायो जुरायो’ बोलको सार्वजनिक गीतमा वसन्त सापकोटाको शब्द तथा सङ्गीत रहेको छ भने स्वर राजेश पायल राई र मेलिना राईको रहेको छ । सार्वजनिक गीतमा चलचित्रकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक शाहरुख ताम्राकार फिचर छन् ।
यो गीतलाई विक्रम लामा र एन्जिला खत्रीले कोरियोग्राफी गरेका हुन् । विवाहको माहौललाई केन्द्रित गरेर बनाइएको गीत केही फरक र रमाइलो बनेको छ ।
चलचित्र इन्टु मिन्टु लन्डनमालाई कोरियोग्राफर रेनशा राईले निर्देशन गरेकी हुन् । चलचित्रलाई प्रभु शम्शेर जबरा र प्रज्जबल शमशेर जबराले निर्माण गरेका हुन् । चलचित्रमा सुस्मिता जिरेल, सुलेखा राई र वसन्त तामाङ सह–निर्माताका रूपमा रहेका छन् ।
यो चलचित्रमा साम्राज्ञी, शारुखको अलावा नव नायक धिरज मगरले डेव्यु गर्दैछन् । साथै कलाकारहरूमा विजय लामा, अर्जुन श्रेष्ठ, दिल भूषण पाठक, रुबी राणा शाह, विवेक लिम्बु, सुनिता ठाकुर श्रेष्ठ, सुनिशा बजगाईँ, मेलिशा गुरुङ, जेमिमा टोम्स, एन्ड्रेउ मुलान लगायतका कलाकारको अभिनय रहेको छ ।
“
