मैवाखोला गाउँपालिकामा एमाले विजयी

ताप्लेजुङ, १६ असार । मैवाखोला गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित नेकपा एमालेको पुरै समूह विजयी भएको छ । अध्यक्षमा राजन छक्लुङ एक हजार ८१५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डम्बर लिम्बुले एक हजार २१९ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकी कौशिला छक्लुङ एक हजार ९५१ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सुजाता लिम्बुले एक हजार ८४ मत प्राप्त गर्नुभयो ।

उक्त गाउँपालिकाको ६ वटै वडामा एमाले विजयी भएको छ । वडा नं १ को वडाध्यक्षमा दुर्गा तामाङ, २ को वडाध्यक्षमा सुरेन्द्र लिम्बु, ३ को वडाध्यक्षमा खड्ग चोङ्बाङ, ४ को वडाध्यक्षमा पूर्णहाङ लिम्बु, ५ को वडाध्यक्षमा कुलप्रसाद लिम्बु र ६ को वडाध्यक्षमा विष्णुप्रसाद नेयोङ विजयी हुनुभएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *