तरुन दलका रोल्पा नगरपालिका अध्यक्षको गोली हानि हत्या

“रोल्पा, भदौ २५। रोल्पाको रोल्पा नगरपालिकाका नेपाल तरुन दल अध्यक्ष रोहीत पुनको गोली हानि हत्या भएको छ । आइतबार दिउँसो सुुलिचौर बजारमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले पुनको हत्या गरेको तरुन दलले जनाएको छ ।

सुनील स्मृति गाउँपालिका–४ सुलिचौरको एक रेस्टुरेन्टमा कम्युुनिष्ट पार्टीका कार्यकर्ता देवी घर्तीलगायतले हत्या गरेको तरुन दलले विज्ञाप्तीमा दावी गरेको छ ।

छातीमा दुई र पेटमा एक गोली लागेका पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताइएको छ । हाल पुनको शव प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा राखिएको छ । तरुन दलका महासचिव भुुपेन्द्र जंग शाहीले विज्ञप्ती जारी गर्दै सत्ताको आडमा भएको यो जघन्य घटनाको निस्पक्ष छानविन गर्न सरकारसँग माग गरेका छन् ।

तरुन दलले जनताको जिउ धनको सुरक्षा गर्न र अपराधीलाई संरक्षण गर्ने बाटोमा नलाग्न चेतावनी पनि दिएका छन् । तरुन दलले भनेको छ– अन्यथा यो सर्वसत्तावादी सरकारकोविरुद्ध आन्दोलन गर्न वाध्य हुनेछौं ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *