चट्याङ लागेर मृत्यु घाईतेको उपचार

सुर्खेत, भाद्र २६ । हिजोराति १ बजे सुर्खेतको पूर्वी भागको गुर्भाकोट नगरपालिका – १४ सुर्खेत जुगेपानीका ५० वर्षीय प्रेमबहादुर कामीको चट्याङ लागेर मृत्यु भएको छ । खरले छाएको घरमा चट्याङ पर्दा कामीसहित गोठमा रहेका दुई गाई, एक गोरु र एक कुकुर मरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता श्यामसिंह चौधरीले बताए ।

चट्याङले कामीको पत्नी ४८ वर्षीय खगिसरा पुन घाइते भएको प्रहरी प्रवक्ता चौधरीले बताए । घाइते पुनको सुर्खेत मेहलकुनास्थित अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *