पशुपतिमा तीजको रौनकः फाेटाे फिचर

भाद्र २७, काठमाडौं । हरितालिका तीजको अवसरमा पशुपतिमा महिला श्रद्धालुहरुको भिड बढेको छ । हरितालिका तीजको आज दोस्रो दिन पशुपति दर्शनका लागि विहानै देखि महिलाहरुको भीड थामिनसक्नुको रहेको थियो ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास अनुसार हिन्दु धर्मावलम्बी नारीहरु आजका दिन पानी समेत नखाइ ब्रत बस्ने गर्दछन् ।

विवाहित नारीले अटल सौभाग्य र अविवाहितले गुण सम्पन्न वर वा वधु पाउन र सुख शान्तिका लागि यो ब्रत लिने गर्दछन् । हिजो हरितालिकाको पहिलो दिन राती १२ बजे अगाडी नै मिठामिठा परिकार (दर) खाएर दुई दिनसम्म पानीसम्म नखाइ ब्रत बस्ने प्रचलन रहेको छ ।
आज दिनभर विहाहित तथा अविवाहित नारीहरुले विभिन्न शिवालयमा गएर भगवान शिवको दर्शन गर्ने तथा नाचगान गरी रमाइलो गर्ने गर्दछन् । विहानै देखि पशुपतिमा भेला भएका महिलाहरुले भगवान शिवको दर्शन पश्चात विभिन्न तीजका गीतमा नाचगान गरेका थिए ।

आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउदै आएको विस्वास रहेको छ ।

हेरौ तीजमा पशुपतिको रौनक
तस्विरः मकालु खबर

   

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *