यसरी हटाउन सकिन्छ अनुहारमा आएको कालो पोतो
“
कालो पोतो महिला वा पुरुष दुबैको अनुहारमा देखा पर्दछ । पुरुष को तुलनामा महिला कालोपोतो धेरै देखा पर्छ। महिलाहरु अनुहारको सुन्दरता एकदम ख्याल गर्ने हुन्छन् । कालोपोतोको कारण महिलाहरु धेरै नै तनावमा हुने गर्दछ । कालो पातो अनुहारमा आउँदा सुरुमा अलि अलि आउँने हुन्छ । अलि अलि गर्दै पुरै अनुहार नै कालो भएर अनुहारको सुन्दरता नै हराउँछ । पोतो आएको अनुहार हेर्दा नि एकदम नराम्रो देखिने हुन्छ । कतिलाई पेटको समस्याले नि यो रोग आउँने गर्दछ । सुन्दर र स्वस्थ छाला भयो भने सुन्दरतामा अत्यन्त चमक आउँछ । छालाले साथ दियो भने सुन्दरताको लागि सुनमा सुगन्ध हुन्छ । छालाको सुन्दरता जोगाई राख्न केही होसियारी अपनाउनु पर्दछ ।
सनब्लकको प्रयोग अनिवार्य
खासगरी चाया–पोतो जाडो महिनामा बढी देखा पर्ने गरेको छ । यो समयमा सनब्लक लगाउनुपर्दैन भन्ने आमबुझाइ छ । त्यसैले धेरैजसोले जाडोमा सनब्लक लगाउँदैनन् । सनब्लक नलगाउँदा छाला डढेर कालो हुन्छ अनि चाया–पोतो देखिन थाल्छ । जाडोमा पनि सनब्लक लगाउनु उपयुक्त हुन्छ । बाहिर ननिस्कए पनि वा घाम नै नलागेको दिन भए पनि सनब्लक क्रिम लगाउन जरुरी छ ।
गर्मी महिनामा कम्तीमा शीतल छहारीमा त बसेका हुन्छौँ । जाडोको बेला होस् वा गर्मीको बेला, अनि जहाँसुकै बसे पनि सनब्लक लगाउनु राम्रो हो ।
फेसियल गर्नु प्रभावकारी उपाय
यदि ब्युटिपार्लरमा उपचार गराउने हो भने तालिमप्राप्त एवम् अनुभवी ब्युटिसियनद्वारा उपचार गराउनुपर्ने हुन्छ । चाया–पोतो हटाउन फेसियल एकदमै प्रभावकारी हुन्छ ।
साथै घामबाट डढेर आएको सजिलै निको हुन्छ तर बिरामी र औषधिको साइड इफेक्टका कारण आएको चाया–पोतोको उपचार गर्न गाह्रो हुन्छ ।
फेसप्याक र फेसवासको प्रयोग
दिनको दुईपटक फेसवास प्रयोग गर्नाले छालाको मृतकोशिका बिस्तारै हट्दै जान्छ । यसका लागि नीम फेसवास प्रयोग गर्नु राम्रो हो । चाया–पोतो हटाउन घरमै विभिन्न प्रकारका फेसप्याक बनाएर लगाउन सकिन्छ । फेसप्याकले दाग, खटिरा, फोहोर र मृतछालासमेत हटाउन मद्दत मिल्छ । तर यसका लागि दक्ष ब्युटिसियनको सहयोग लिनु उपयुक्त हुन्छ ।
फेस प्याकमा मुसुरोको दाल, श्वेतचन्दन (श्रीखण्ड), रक्तचन्दन, कपुर, बेसार, मञ्जिष्ठाको मिश्रण गरेर घिउकुमारीको लेपमा मिलाई नियमित प्रयोग गर्नाले चाया–पोतो हट्दै जान्छ ।
यदि सामान्य रुपले कालोपोतोको समस्या देखिएको हो भने यसलाई आफैंले घरेलु उपचार गरेर निको पार्न सकिन्छ । घिउकुमारीको गुदीलाई कालोपोतो–चाया देखिएको भागमा लगाउँदा लाभदायक हुन्छ । कसै–कसैलाई भने डन्डिफोरसँगै कालोपोतो देखिने समस्यासमेत रहने गरेको छ । यस्तो स्थितिमा भने मुलाको बीउको पेस्ट लगाउनु राम्रो हुन्छ भने सिमलको काँडा घोटेर लगाउँदा पनि डन्डिफोरसँगै कालोपोतोको समस्याबाट मुक्ति पाइन्छ ।
“