नेकपालाई काँग्रेसको सुझावः ‘नेपाली–नेपालीबीच नै झुक्न जाने अरुसँग सिक्नु पर्दैन’

काठमाडौँ, भदौ २८ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काँग्रेसको हारबाट पाठ सिक्न आग्रह गरेका छन् ।

बिहिबार काठमाडौँमा आयोजित ‘संघर्ष इतिहास’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै काँग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीलाई काँग्रेसको हारबाट पाठ सिक्न आग्रह गरेका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन सत्तापक्ष र प्रतिपक्षबीच मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउँदै शर्माले भने, ‘निर्वाचनमा भएको जीत सधैंका लागि हो भन्ने भ्रममा नपर्नुस् ।’

कार्यक्रममा शर्माले नेपाली–नेपालीबीचनै सिक्न र झुक्न सिके अरुसँग सिक्न र झुक्न नपर्ने सुझाव पनि सत्तारुढ दलका नेताहरुलाई दिए ।

उनले पार्टीलाई सरकारमा रहँदा गलत बाटोमा जान नदिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का कार्यकर्ताहरुलाई सचेत रहन आग्रह गरे । प्रतिपक्षको रुपमा सरकारलाई गलत बाटोमा जान नदिन काँग्रेसले खवरदारी गरिरहने पनि प्रवक्ता शर्माले स्पष्ट पारे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *