बुढासुब्बा गोल्डकप फुटबलको २० औं संस्करण माघ २० बाट !

धरान, माघ ३ ।  बुढासुब्बा अन्तर्रा्ष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगीता २० औं संस्करण आयोजनाको तयारी शुरु भएको छ । माघ २० देखी २७ गते सम्म प्रतियोगीता सञ्चालन गरिने आयोजक धरान फुटबल क्लबद्धारा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए ।

यसपालीको गोल्डकप फुटबलको आयोजन धरानलाई प्रदेश १ को राजधानी बनाउने माग सहित पूर्वाञ्चलको क्षेत्रीय रंगशाला धरानमा निर्माण गनुपर्ने दबाब सिर्जना गर्न आम दर्शकलाई सन्देश दिदैं सञ्चालन गरिने एन्फा उपाध्यक्ष समेत रहेका राईले सम्मेलनमा बताए ।

ऐतिहासीक कालदेखी महत्वपूर्ण स्थलको रुपमा रहेको धरान पूर्वाधारको दृष्टिले राजधानी योग्य भएकोले पनि यो मागलाई धरानले निरन्तर अघि बढाउुनपर्ने उनको भनाई छ । मुलुकमा राजनीतिक परिवर्तन भए,, धेरै सरकार फेरिए तर, धरान तर्फ भने अहिले सम्म कसैको ध्यान नगएकाले पनि राजधानीको माग लाई शसक्त बनाएर धरानबासीले अघि बढ्नुपर्ने उनले बताएका छन ।

नेपालको खेलकुद विकासमा धरानको महत्वपूर्ण योगदान रहँदै आएको स्मरण गारउँदै उनले नेपाली फुटबलको इतिहासमा २० औं संस्करण सम्म निरन्तर आयोजन भैरहेको अन्तर्रा्ष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगीतामा बुढासुब्बाको नाम अग्र पंक्तिमा आउँने बताए ।

पत्रकार सम्मेलनमा यसपालीको प्रतियोगीतामा बुढासुब्बा गोल्डकपका विजेता टिम लाई नगद ५ लाख रुपया, उपविजेता टिमलाई २ लाख ५१ हजार रुपया पुरस्कार प्रदान गरिने जानकारी दिइएको छ । साथै उत्कष्ट गोलरक्षक, उत्कृष्ट डिफे, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक, सर्वा्धिक गोलकर्ता, उदियमान खेलाडीलाई जनही २५/२५ हजार प्रदान गरिने बताइएको छ । प्रतियोगीतामा सहभागी खेलाडि लाई प्रोत्साहित गर्न यसपाली पनि थप प्रतियोगिताको उत्कृष्ट चयान भएका खेलाडीलाई १ थान यमाहा मोटरसाइकल प्रदान गरिने छ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई १०/१० हजार प्रदान गरिने छ ।

प्रतियोगितामा अघिल्ला विजेता सहित चर्चित १० टिम सहभागी हुनेछन् । त्यस मध्ये ९ टिमको नाम सुनिश्चित भैसकेको बताइएको छ । सहभागी टिमहरुमा नेपाल बाट नेपाल पुलिस, शसस्त्र प्रहरी, एडिविजन क्लबमा मनाङग मस्र्याङदी, संकटा क्लब, थ्रिस्टार, अण्डर १९ राष्ट्रिय नेपाली टिम र आयोजक धरान फुटबल क्लब रहेका छन् । आमन्त्रित अन्तर्रा्ष्ट्रिय टिममा बंगलादेशको धनमुन्दी क्लब, भारत कलकत्ताको गरिफा फुटबल क्लब सहभागी हुने निश्चित भएको पत्रकार सम्मेलनमा क्लबका महासचिव प्रताप तामाङले बताए ।

यसअघि रंगशाला निर्माणाधीन अवस्था रहेकोले धरान १७ एन्फा एकाडेमी मैदानमा सञ्चालन गरिदै आएकोलमा यसपाली भने धरान १६ स्थित प्रस्तावित क्षेत्रिय रंगशालामा सञ्चालन गरिने बताइएको छ ।

प्रमुख प्रयोजक रेडबुल जिबी मार्के्टिङ कम्पनी रहेको प्रतियोगिता आयोजनको अनुमानित लागत ५३ लाख ४७ हजार रुपया रहेको बताइएको छ । प्रतियोगिताको प्रचारका लागि माघ १४ देखि १७ गतेसम्म मिडिया प्रोमोसन कप र १९ गते धरानको भानुचौकमा सांगीतिक कार्यक्रम समेत गरिने आयोजक धरान फुटबल क्लबले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *