बैङ्किङ कोर्ष जान्बीको परिक्षाफल प्रकाशित

२०७४ जेठ १५ गते

साउन २९, काठमाडौँ । नेशनल बैङ्किङ इन्ष्टिच्युट (एनबिआइ) ले जान्बी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । जान्बी बैङ्किङ सम्बन्धी व्यावसायिक सर्टिफिकेसन कोर्स हो । सहायकदेखि ब्यवस्थापकीय श्रेणीका बैङ्किङ प्रोफेसनलहरुले लिगल एन्ड रेगुलेटरी एस्पेक्ट्स अफ बैङ्किङ, एकाउन्टिङ एन्ड फाइनान्स फर बैंकर्स र प्रिन्सिपल्स एन्ड प्र्याक्टिसेज अफ बैङ्किङको स्वअध्ययनपछि परीक्षामा सामेल हुन पाउँछन् ।

गत असारको २ र ३ गते सञ्चालित परीक्षामा ५३० परिक्षार्थी सहभागी थिए । देशका विभिन्न ८ परीक्षा केन्द्रमा भएको परीक्षामा २३३ जना उत्तीर्ण भएका थिए । यसमध्ये ५४ जना विशिष्ट श्रेणीमा उत्तीर्ण भएका थिए ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित