एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच कुटाकुट, एकजनाको अवस्था गम्भिर
कात्तिक २०, डोल्पा । डोल्पामा एमाले र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच कुटाकुट भएको छ । माओवादी कार्यकर्ताको कुटाईबाट मुड्केचुला गाउँपालिकाका युवा संघका अध्यक्ष रुद्र शाही गम्भीर घाइते भएका छन् ।
कुटपिटपछि गम्भीर घाइते शाहीको होस नखुलेपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
माओवादीका स्थानीय कार्यकर्ताले शाहीमाथि चिर्पट प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । चिर्पट प्रहार गर्ने अखिल क्रान्तिकारीका टक्क शाही प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
प्रचार टोली गाउँमा पुगिसकेपछि शाहीमाथि आक्रमण भएको एमालेले जनाएको छ । अखिल क्रान्तिकारीका जिल्ला सदस्य टक्क शाहीले अध्यक्ष शाहीमाथि लुकेर आक्रमण गरेको एमाले डोल्पाको आरोप छ ।
केन्द्रमा भएको चुनावी तालमेलप्रति असन्तुष्टि जनाउँदै आएका दुबै दलका कार्यकर्ताबीच चुनाव प्रचारप्रचारका क्रममा भेट भएपछि कुटाकुट भएको हो ।