राष्ट्रपतिलाई अवैधानिक काम गर्न दबाव नदेऊ : ओली
पुस २, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले राष्ट्रपतिलाई असंवैधानिक कामका लागि दबाव नदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिएका छन् । वाम गठबन्धनले आइतबार पत्रकार सम्मेलन गरेर देउवाले राष्ट्रिय सभा सम्बन्धि अध्यादेश पास गर्न राष्ट्रपतिलाई दबाव दिएको भन्दै आक्रोश पाखे ।
राष्ट्रियसभा सम्वन्धी अध्यादेश राष्ट्रपति कहाँ अड्किएको छ । प्रधानमन्त्री देउवाले हालै मात्र राष्ट्रपतिलाई भेटेर अध्यादेश पास गर्न आग्रह गरेका छन् । हालै माओवादी अध्यक्ष प्रचण्डसँग भएको भेटमा प्रधानमन्त्री देउवाले अध्यादेश रोक्न आग्रह गरेर राष्ट्रपतिलाई असंवैधानिक काम गर्न दबाव नदिन आग्रह गरेका थिए ।
ओलीले देउवालाई असंवैधानिक अध्यादेश पास गर्न दबाव नदिन चेतावनी दिए । संविधान अनुसार भए नभएको हेर्ने राष्ट्रपतिको काम भएको भन्दै उनले असंवैधानिक काम गर्न दबाव दिने तथा उत्साउन काम नगर्न चेतावनी दिए ।
उनले अनैतिक आचरण देखाएर बचेखुचेको शाख नबिर्गान कांग्रेसलाई आग्रह समेत गरे ।
ओलीले नयाँ सरकार गठनमा कुनै संवैधानिक अस्पष्टता नरहेको दाबी गरेका छन् । उनले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्न सरकारलाई आग्रह समेत गरेको छ ।
एमाले अध्यक्ष ओलीले सरकार गठन प्रतिनिधिसभाको विजनेश भएको बताए । अहिले सरकारले अवरोध गर्यो भन्ने नभएको तर, प्रधानमन्त्रीको अभिव्यक्तिले राम्रो संकेत नगरेको भन्दै उनले अघि भने, ‘प्रधानमन्त्री चयन प्रतिनिधिसभाको स्वतन्त्र विजनेश हो । यसको राष्ट्रियसभासँग कुनै सरोकार छैन ।’
दुई वा दुई भन्दा बढी दलको समर्थन बुझाएपछि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने उनले बताए । एमालेअ अध्यक्ष ओलीले भने, ‘अनि त्यसमा राष्ट्रियसभा आयो कहाँबाट ? अब राष्ट्रियसभा, प्रदेशसभाको कुरा देखाएर निहुँ खोज्ने ?’
राष्ट्रियसभामा एक तिहाई महिला नहुने प्रश्नै नरहेको भन्दै उनले भ्रमपूर्ण प्रचार नगर्न आग्रह गरे ।