विमानस्थलमा एक्सरे

भद्रपुर, ८ साउन । भद्रपुर विमानस्थलमा अबदेखि एक्स–रे मेसिनबाट जाँच प्रक्रिया सुरु हुने भएको छ । लामो समयदेखि प्रहरीबाट नै जाँचपडताल हुँदै आएकामा सरकारले एक्सरे मेसिन उपलब्ध गराएपछि आगामी भदौदेखि एक्सरेबाट जाँच हुने भद्रपुर विमानस्थल कार्यालयले जनाएको छ । यस्तो यन्त्रको प्रयोगले प्रतिबन्धित वस्तुको ओसारप्रसार नियन्त्रणमा ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ ।

यसैबीच विमानस्थलको स्तरोन्नतिका लागि जाइका अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा रु २० करोड अनुदान प्राप्त हुने र यसबाट उडान सुरक्षाका लागि ‘भिओआर–डिएमई’ नामक उपकरणबाट व्यवस्थापन हुनेछ । यसबाट कम दृश्यता भएका समयमा पनि उडान अवतरण एवम् प्रस्थानमा मद्दत पुग्ने हुने भएको छ ।

विमानस्थललाई सुरक्षित, व्यवस्थित एवम् आकर्षक बनाउन केही निर्माण भइरहेको र विमानस्थल बाहिर छ सिसी क्यामेरा जडान भइसकेको छ । एक वर्ष पहिले नै विमानस्थलमा विमानमा इन्धन भर्ने व्यवस्था पनि मिलाइसकिएको भद्रपुर विमानस्थल प्रशासनले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *