साँझ पख सिरानी भिज्दा

 

नवु सत्याल

साँझ पख सिरानी भिज्दा
त्यो मन भिज्दैन
आकासका जुन ताराले
उज्यालो छर्दा यी आँखाले
उज्यालो देख्दैन ।

कस्तो याद थियो
कस्तो साथ थियो
भुल्नै गाह्रो भो
निष्ठुरी तिमी पापीनी रैछौ
भन्नै साह्रो भो
अब भन्ने साह्रो भो
त्यसैले
न जोडन सक्छु
न तोडन सक्छु
अन्धकार नै प्यारो भो
अब अन्धकार नै प्यारो भो ।

सजाएँ तस्विर फ्रेमभित्र तिम्रो
ऐना हाल्न भुलेँकी
मुस्काएकै देख्छु म
विना तिमी !

तिम्रो चाहाना नै
यो थियो कि
झुटो माया
झुटो कसम
खानु नै थियो भने
समायौ किन यी हातहरू
छोडनु नै थियो भने ।

साँझ पख सिरानी भिज्दा
त्यो मन भिज्दैन
आकासका जुन ताराले
उज्यालो छर्दा यि आँखाले
उज्यालो देख्दैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *