क्रान्तिकारीकाे २१औं सम्मेलनमा उमेर हद लगाउनु पर्ने बहस तिव्र

२०७४ जेठ १५ गते

काठमाडौं, भदौ १० । अखिल क्रान्तिकारीकाे एकताकाे २१औं राष्ट्रिय सम्मेलनमा उमेर हद लगाउनु पर्ने बहस तिव्र रुपमा उठकाे छ । सम्मेलनकाे बन्द सत्रमा प्रतिवेदनमाथि छलफल गर्दै प्रतिनिधीहरुले विद्यार्थी संगठनमा उमेर हद लगाउनु पर्ने माग गरेका हुन ।
संगठनका केन्द्रीय सदस्य तथा त्रि.वि. का नेता कमलचन्द्र नेपालीले स्ववियुमा पनि उमेर हद लगाईएकाे र विद्यार्थी अान्दाेलनलाई सांगठानिक रुपमा पुर्नगठन गर्न उमेर हद अावश्यक भएकाे बताए ।
साे संगठनकाे विधान तथा प्रतिवेदनमाथिकाे छलफल सकिएकाे छ भने नेतृत्व चयनकाे लागि अब प्रक्रिया सुरु हुने छ । निर्वाचन या सर्वसहमति कुन विधि अपनाउने भन्ने बारे पनि विवाद छ । सम्मेलन बुधबारबाट काठमाडौंमा सुरु भएको हो ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित