प्रधानमन्त्री ओली नवमीमा गृह जिल्ला जाने

असोज २९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नवमीको दिनमा आफ्नो गृह जिल्ला जाने भएका छन् । 

नेकपाको झापा जिल्ला कमिटिले आयोजना गर्ने शुभकामना आदानप्रदान कार्यक्रममा सामेल हुन प्रधानमन्त्री ओली गृह जिल्ला प्रस्थान गर्ने भएका हुन् । 

जिल्ला कमिटिले कार्तिक १ गते नवमीका दिन बिर्तामोडमा आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने स्रोतले बतायो । 

null

प्रधानमन्त्री ओली विर्तामोडको कार्यक्रममा सहभागी भएपनि कार्यव्यस्तता तथा समय अभावका कारण आफ्नो निर्वाचन क्षेत्रमा भने कार्यसूची छैन। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *