चोरीको मोटरसाइकल सहित तीन प्रहरी जवान पक्राउ

कात्तिक १३, काठमाडौँ । चोरीको मोटरसाइकलसहित नेपाल प्रहरीका तीन जवान पक्राउ परेका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंका टोलीले चोरीको मोटरसाइकल सहित नेपाल प्रहरीका तीन जवानलाई मंगलबार दिउँसो पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा प्रहरी जवान वासिङटन घर्ती, दिपेन्द्र शाही र इन्द्रजीत कडरिया रहेका छन् । उनीहरुले बा ५७ प २५९९ नम्वरको मोटरसाइकल चोरी गरेको खुलेको छ । 

null

घर्ती र शाही महानगरीय प्रहरी प्रभाग पाटनमा कार्यरत छन् । कडरिया भने महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा कार्यरत छन् । उनीहरुले उक्त मोटरसाइकल ५ कात्तिकमा चोरी गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *