आँखुखोला हाइड्रोको आईपिओ बाँडफाँडः ८३ हजार ३ सय १६ जनाको हातमा शेयर

कात्तिक ११, काठमाडौँ । आँखुखोला हाइड्रोपावरको आईपिओ आइतबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा बाँडफाँड भएको छ । 

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार ४७ हजार ४०० आवेदकले २० कित्ता शेयर प्राप्त गरेका छन् भने ३५ हजार ९१६ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । 

कम्पनीको आईपिओ सबै आवेदकलाई १० कित्ताका दरले बाँडफाँड गरेर बाँकी रहेको शेयर फेरि गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिएको हो । 

null

यसअनुसार अधिकतम शेयर प्राप्त गर्ने ४७ हजार ४०० जनाले २० कित्ताको दरले प्राप्त गरेका छन् भने अन्य ३५ हजार ९१६ आवेदकले १० कित्ताका दरले साधारण शेयर प्राप्त गरे । 

आवेदनमा भएको त्रुटीका कारण ६१ वटा आवेदकबाट परेको १६ हजार २८० कित्ताको आवेदन रद्ध भएको छ । क्यापिटलका अनुसार कम्पनीको सेयरमा ८३ हजार ३१६ जना लगानीकर्ताबाट ४.४३ गुणा बढी आवेदन परेको थियो । 

कर्मचारीका लागि २७ हजार ५२० कित्ता शेयर छुट्याइएकोमा जम्मा ५ जनाले ५९ कित्ता शेयर मात्र किनेका छन् । कर्मचारीले नकिनेको २७ हजार ४६१ कित्ता शेयर समेत सर्वसाधारण आवेदकलाई वितरण गरिएको क्यापिटलले जनाएको छ । 

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार प्रत्येक आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्ने प्रावधान रहेको छ । यसरी बाँडफाँड गरेर बाँकी रहेको खण्डमा फेरि १० कित्ताको दरले नै बाँडफाँड गरिने र अपुग भएमा गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गर्नुपर्ने व्यवस्था रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *