पोखरा प्रिमियर लिग क्रिकेट अाजदेखि सुरू

कात्तिक ९, काठमाडौँ । पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट आजबाट सुरु भएको छ । सर्वाधिक पुरस्कार राशिको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता आजदेखि पोखरा रंगशालामा सुरु भएको हो । 

नेपालकै सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुँदैछ ।  

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले पोखरामा पहिलो पटक सर्वाधिक पुरस्कार राशिको पीपीएल क्रिकेट आयोजना सुरु गरेको हो । पीपीएलको विजेताले २७ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । कार्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ टिम: विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज सहभागिता रहेकाे छ ।  

null

पीपीएलको विजेताले २७ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, उपविजेताले १० लाख नगद प्राप्त गर्नेछन्। 

प्रतियोगिताको म्यान अफ द सिरिज उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले सुजुकी जिक्सर १ सय ५५ सीसीको मोटरसाइकल प्राप्त गर्नेछन् । त्यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याच हुनेले नगद १० हजार रुपैयाँ र प्रायोजकहरुबाट ५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । 

त्यस्तै, पीपीएलको हरेक खेलको विजेता टिमले रिलायन्स सिमेन्ट विनिङ बोनस स्वरुप नगद पुरस्कार १५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछ । 

प्रिमियर लिगका लागि करिब चार हजार पाँच सय जनासम्म दर्शक अटाउने अस्थायी प्याराफिट बनाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *