पोखरा प्रिमियर लिगः धनगढी विजयी, विराटनगर ७८ रनले पराजित

कात्तिक ११, काठमाडौँ । पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत आइतबार भएको पहिलो खेलमा विराटनगर टाइटन्सलाई हराउँदै धनगढी ब्लुज विजयी भएको छ । 

१ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगरले ७८ रनको हार व्यहोर्यो । विराटनगरले सबै विकेट गुमाएर १ सय ४ रन मात्र बनाउन सक्यो ।  

टस हारेर ब्याटिङ रोजेको धनगढीले निर्धारित ओभरमा सबै विकेट गुमाएर १ सय ८२ रन बनायो । 

null

३८ रनमा तेस्रो विकेट गुमाएको धनगढीका लागि दिपेन्द्र सिंह ऐरीले २९ र पिटर ट्रेगोले ५३ रन बनाए । पीपीएलमा अर्धशतक हान्ने ट्रेगो चौथो खेलाडी बने । त्यस्तै टिमका लागि सन्दीप जोराले १२ र सन्दीप सुनारले ९ रनको योगदान दिए भने डानियल लरेन्स २, दिलीप नाथ ८, मन्जित श्रेष्ठ १, रोविन क्षेत्री १० र योगेन्द्रसिंह कार्की ६ रन बनाएर आउट भए । 

ट्रेगोले ३८ बल खेलेर २ चौका र १ छक्का प्रहार गरे । इनिङ्सको अन्तिम बलमा आउट भएका सौरभले २ चौका र ५ छक्का प्रहार गरे ।  

बलिङमा विराटनगरका लागि जितेन्द्र मुखियाले ४, सन्दीप लामिछानेले एक, मोहम्मद आलम, किशोर महतो र सुनिल धमलाले समान एकएक विकेट लिए । 

खराब सुरुवात गरेको विराटनगरले १६ ओभर चार बलमा एक सय ४ रनमा अलआउट भयो । १३ रनमा पहिलो विकेट गुमायो । ओपनर प्रदिप ऐरी मात्र चार रनमा पेभेलियन फर्किए । 

त्यसपछि टिमको स्कोर ३९ रन हुँदा अर्का ओपनर सुनिल धमला २१ रनमा पेभेलियन फर्किए । त्यस्तै राजु रिजालले  ५ रन मात्र बनाए भने मुहम्मद जेइद आलम १९ रनमा आउट भए भने एन्र्डु सुबिक्सनपनि १८ रनमा पेभेलियन फर्किए । 

किशोर महतो नौ, राजेश पुलामीमगर दुई, पुष्प थापा दुई रनमा आउट भए । बलिङ तर्फ डेन लरेन्सले तीन तथा दिपेन्द्र ऐरीले दुई विकेट लिए । यस्तै जितेन्द्र मुखीया नौ रनमा आउट भए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *