विनाशकारी भूकम्पका बाबजुद पनि विश्वका घुम्नलायक १० सहरको सूचीमा समेटियो काठमाडौं

कात्तिक ६, काठमाडौं । सन् २०१९ मा घुम्न लायक विश्वका १० उत्कृष्ट शहरको सूचिमा काठमाडौँ पनि सूचीकृत भएको छ । 

घुम्ने गन्तव्य बारे विस्तृत जानकारी दिँदै आएको अमेरिकी ट्राफल गाइड बुक अर्थात ट्राभल वेब साइट लोन्ली प्लानेटले सन् २०१९ मा घुम्नलायक विश्वका उत्कृष्ट गन्तव्यको सूचीमध्ये काठमाडौँलाई पाँचौँ स्थानमा समेटेको हो । 

उक्त सूचीको पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन, दोस्रोमा चीनको सेन्जेन, तेस्रोमा सर्वियाको नोभी साद, चौथोमा फ्लोरिडाको मियान्मी, पाँचौंमा नेपालको काठमाडौं, छैठौंमा मेक्सिकोको मेक्सिको शहर, सातौंमा सिनेगलको डाकर, आठौंमा वासिङ्टनको सियटल, नवौंमा क्रेयसियाको जादर र दसौंमा मोरोक्कोको मेक्नेस छन्। 

null

लोन्ली प्लानेटले काठमाडौंलाई ‘शान्त सहर’ उल्लेख गरेको छ । 

हिमाल प्रवेश गर्ने ढोकाको रुपमा काठमाडौंलाई ब्याख्या गरिएको छ । सहरको केन्द्रमा सवारी निषेध र सहरभरी हर्न निषेधका कारण पहिलेको तुलनामा काठमाडौं थप शान्त बनेको उल्लेख गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *