ऐतिहासिक बिराट राजाको दरबारका अंश धनपाल थान ओझेलमा पर्यो

कात्तिक १० धरान । मोरङको सिमाबर्ती जिल्लासंग जोडिएको पर्यटकीय क्षेत्र मानिने राजा धनपाल थान मन्दिर ओझेलमा परेको छ । 

प्रचार–प्रसारको कमी र सम्बन्धित निकायको ध्यान नजादा सो मन्दिर ओझेलमा परेको हो ।जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने यो मन्दिर ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । जहाँ हरेक बर्षको बैशाख १ गतेबाट मन्दिर परिसरमा सिरुवा मेला लाग्नुका साथै सोही दिनबाट पुर्वका विभिन्न जिल्लाहरुमा एक महिनाभरी मेला सूरु हुने गर्दछ । बिराट राजाले राज्य गरेको सो स्थानमा मन्दिरको निर्माण सोही बिराट राजाले गरेको किम्द्धन्ती छ । जहाँ पोखरी पनि खनिएको थियो भने पोखरी खन्ने क्रममा बिभिन्न धातुहरु तथा सुन चादीका गरगहनाहरु समेत निस्कोको तत्कालीन कदमाहा गाबिस वडा नं ७ कमलपुरका ५४ बर्षिया बासिन्दा श्यामलाल केवटको भनाई छ । 

मोरङको साबिक कदमाहा गाबिस र हालको धनपाल थान गाउपालिकाबाट करिक ५ किलोमिटर दक्षिणमा एक घण्टाको समय हिडेपछि मन्दिर पुग्न सकिन्छ । लोहन्द्रा खोलाको दक्षिण पश्चिम पट्टिको गाउमा सो मन्दिर अवस्थित रहेको छ । सो मन्दिर बरीपरि नेपालमै फाईनेन्सीयल संस्थामा नाम समेत कमाएका जीवन बिकास संस्थाको पार्क तथा बिद्यालय समेत रहेको छ । मन्दिरको केहि तलतिर सयौ बर्ष पुराना ईनारको भग्नअवशेष रहनुका साथै त्यस स्थानमा राजा धनपाल थानको मंदिर र एतिहासिक काली मन्दिर  पनि रहेको छ । जहा राजा धनपालले बेला बखतमा सिकार गर्न जाने गरको किमद्धन्ती छ । र सोही स्थानमा एक गहिरो पोखरी पनि रहेको छ जुन हाल जंगलको झाडीमा परिणत समेत भएको छ । यहाँबाट मोरङको तत्कालिन नोचा गाबिस,लाहन्द्रा खोला,सोराभाग गाबिस,बस्ती देख्न सकिन्छ । 

null

निकै प्राचिन कालिन रहेको सो थानलाई प्रचार प्रसार गरी अगाडी बढाएमा ग्रामीण पर्यटकको राम्रो सम्भावनाको सुरुवात अुन सक्ने राजा धनपाल थान संरक्षण समितिका सचिव चन्देश्वर शर्माले बताए । यसलाई सरकारी स्तरबाट पनि पौराणिक स्थान रहेकोले संरक्षण गर्नुपर्नै उहाँको माग छ । तर, यहाँका सम्बनिधत व्यक्तिले चाहि यसमा ध्यान दिएका छैनन ।हाल सो स्थानमा हप्ताको बिहिबार र आईतबार २ दिन किनमेलका लागी हाट बजार समेत लाग्दै आएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *