हतियारसहित नेपाल प्रवेश गरेका तीन भारतीय पक्राउ

वीरगन्ज। हतियारसहित नेपाल प्रवेश गर्दै गरेका तीन भारतीय नागरिकलाई सशस्त्र प्रहरीले वीरगन्ज-रक्सौल सीमा नाकाबाट पक्राउ गरेको छ। 

शुक्रबार राति वीरगन्ज महानगरपालिका १६ स्थित वीरगन्ज भन्सारको मुल गेटबाट चेकजाँचको क्रममा सशस्त्र प्रहरीले ती भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको हो । 

पक्राउ परेका भारतीयको साथबाट आरपी २२३६५९ नम्बरको ७ दशमलब ६५ एमएम अथवा ०.३२ इन्चको एक एनपीबोर पेस्तोल, त्यसमा लाग्ने ८ राउण्ड गोली र २ वटा म्यागेजिसमेत फेला परेको राजश्व तथा भन्सार गस्ती गुल्मका निमित्त गुल्मपति पदम खड्काले जानकारी दिए। 

null

पक्राउ परेका व्यक्तिहरूमध्ये भारतको पूर्वी चम्पारण मोतिहारी जिल्ला, रामगढवा बजारका २७ वर्षीय अवधबिहारी प्रसादको साथबाट सो हतियार बरामद भएको हो। उनको सहयोगीका रूपमा रहेका सोही ठाउँका ३७ वर्षीय उमेश प्रसाद गुप्ता र स्कार्पियो चालक सोही ठाउँका ओम प्रकाश पासवानलाई  सशस्त्र प्रहरीले गाडीसहित नियन्त्रणमा लिएको हो। 

बरामद हतियार, त्यसमा लाग्ने गोली र म्याग्जिनसहित उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी कार्यालयले जनाएको छ । 

बी आर ०५ पीए ६१७७ नम्बरको सेतो स्कार्पियो गाडीमा चडेर नेपाल आउँदै गरेका उनीहरूले भन्सार अगाडि शंका लागि चेकजाँच गर्दा सो हतियार, गोली र म्याग्जिन फेला परेपछि  तीनै जनालाई नियन्त्रणमा लिएको निमित्त गुल्मपति तथा सशस्त्रका प्रहरी निरिक्षक खड्काले बताए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *