ग्यास सिलिण्डरमा आगलागी हुँदा कसरी नियन्त्रणमा ल्याउने ? (भिडियोसहित)

कात्तिक १३, काठमाडौँ । सरोकार फाउण्डेशनको आयोजनामा ग्यास सिलिण्डरमा आगलागी हुँदा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुराको जानकारी दिइएको छ । 

अग्नि सुरक्षा सप्ताहको अवसर पारेर मंगलबार खगेन्द्र नवजीवन केन्द्रमा एक कार्यक्रमको आयोजना गरी ग्यास सिलिण्डरबाट निम्तिन सक्ने भैपरी दुर्घटनालाई नियन्त्रण गर्नेबारे जानकारी दिइएको हो । 

महिला र अपाङ्गता भएका व्यक्तिहरुलाई विशेष प्राथामिकता दिइएको कार्यक्रममा ग्यास सिलिण्डरमा आगलागी हुँदा कसरी निभाउन सकिन्छ भन्ने अभ्यास गराइएको थियो । 

null

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं २ का सांसद रामेश्वर फुँयाललले कार्यक्रमबाट आफूले विशेष शिक्षा पाएकोमा खुसी व्यक्त गरे । ‘यस्ता कार्यक्रम देशभरि नै गर्नुपर्छ । यसलाई विपत व्यवस्थापनको मूल विषय बनाउनुपर्छ’, उनले भने । 

साथै उनले हरेक स्थानीय तह र सार्वजनिक क्षेत्रमा आगलागी सम्बन्धि सुरक्षा र चेतना अभिवृद्धि गर्ने तालिम लगायतका कार्यक्रमको प्रस्ताव सदनमा राख्ने प्रतिबद्धता व्यक्त गरे । 

काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन प्रमुख किशोर कुमार भट्टराईले तालीमको अभ्यास गराएका थिए । प्रशिक्षक भट्टराईले नेपालमा अन्य क्षेत्रका व्यक्तिहरुलाई आगलागीबाट हुने जोखिमलाई नियन्त्रण तथा उद्धार गर्ने तालिम दिँदै आएपनि अपाङ्गता भएका व्यक्तिहरुलाई भने पहिलो चोटी प्रशिक्षण दिएको बताए । 

कार्यक्रमका संयोजक तथा सरोकार फाउण्डेशनका अध्यक्ष पल्लव पन्तले अपाङ्गता भएका व्यक्तिहरुका लागि अग्नी सुरक्षा सम्बन्धि ज्ञान आवश्यक रहेको बताए । 

https://youtu.be/jWuv9cqKTZY 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *